सशस्त्रको कडाइपछि तस्करले गर्न थाले रुट परिवर्तन

सशस्त्रको कडाइपछि तस्करले गर्न थाले रुट परिवर्तन


  • पुनहरि बेल्बासे, भैरहवा

चोरीपैठारी गरि भन्सार छलेर नेपाल भित्र्याएका सामान बरामद गर्न सशस्त्र प्रहरी सक्रिय भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म रुपन्देहीले भन्सार छली भारत तथा तेस्रो मुलुकबाट आएका सामानबाट आर्थिक वर्ष ०७५÷७६ मा राजश्व संकलन उलेख्य रुपमा वृद्धि गरेको हो ।

आर्थिक वर्ष ०७५/७६ मा सशस्त्र प्रहरी बल रुपन्देहीले ३ करोड ३ लाख ४३ हजार ६ सय ३२ रुपैयाँ राजश्व संकलन गरेको जानकारी सशस्त्र प्रहरी नायव उपरिक्षक गोविन्दबहादुर खातीले दिए । आर्थिक वर्ष ०७४/७५ मा सशस्त्र प्रहरी नायव उपरिक्षक श्रीराम कुँवरले जम्मा ४८ लाख १७ हजार १ सय ५५ रुपैयाँ बराबरको सामान बरामद गरेका थिए । खाती सशस्त्र प्रहरी नायव उपरीक्षक भएर आएपछि अहिलेसम्मकै उच्च दरमा सामान बरामद गरी राजश्व संकलन भएको हो । खातीले चेकजाँचमा कडाइ गरेपछि राजश्व संकलनमा वृद्धि हुनुका साथै तस्करहरुले रुट नै परिवर्तन गर्न लागेका बताइएको छ ।

सशस्त्र प्रहरी बल रुपन्देहीले संकलन गरेको राजश्वमा अवैध रुपमा नेपाल भित्रिका समानहरुबाट १ करोड ३ लाख ८ सय ९६ रुपँयाँ, सवारी साधनबाट ८९ लाख २० हजार रुपँयाँ, १५ लाख ९८ हजार रुपैयाँको नष्ट गरिएको मध्य बिगो धरौटी ४८ लाख ८० हजार १ सय ७६ रुपैयाँ र नगद बरामद ४६ लाख ४४ हजार ३ सय ६० रुपँयाँ रहेको छ ।

सशस्त्र प्रहरी बलले मुख्य रुपमा भारतबाट अवैध रुपमा नेपाल भित्रने समानहरुमा लत्ता कपडा, किराना पसलका समानहरु, हार्डवेयर समान, कस्मेटिक, मोवाइल फोन रहेको छ भने नष्ट गरिने मध्य कुखुरा र चल्लाहरु रहेको छ ।

आर्थिक वर्ष ०७५/७६ मा अवैध रुपमा भारतबाट नेपाल ल्याउने सवारी साधन तथा पक्राउ परेका ब्यक्तिको संख्यात्मक विवरण पनि सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म रुपन्देहीले दिएको छ जसमा ट्रक १, बलेरो पिकअप तथा कार ५, मोटरसाइकल ११, साइकल २ र २७ जना ब्यक्ति रहेका छन्