पोखरा रंगशाला समयमै निर्माण हुने दाबी

पोखरा रंगशाला समयमै निर्माण हुने दाबी


पोखरा रंगशाला निर्माणका विषयमा साउन १ गते बुधबार छलफल भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललगायतले रंगशाला निर्माणको जिम्मा पाएको भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा र नेपालको एनए कन्स्ट्रक्सनका प्रतिनिधिसँग छलफल गरेका हुन् ।

मुख्यतः निर्माण कार्यलाई समयमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत रहेको बुझिएको छ । सो अवसरमा निर्माणको जिम्मा पाएको संस्थाका प्रतिनिधिले समयमा निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।