चिनियाँ प्राध्यापक टोलीसँग लगानीको आग्रह

चिनियाँ प्राध्यापक टोलीसँग लगानीको आग्रह


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चिनियाँ प्राध्यापकहरूको टोलीसँग भेटघाट गरेका छन् । हेवई विश्वविद्यालयका नेपाल हेर्ने विभागका निर्देशक प्राध्यापक झाङ सु विन र युनान विश्वविद्यालयका प्राध्यापक डा. युवान क्वान नेतृत्वको प्राध्यापकहरूको समुहले मुख्यमन्त्री गुरुङसँग मंगलबार छलफल गरेका हुन् ।

मुख्यमन्त्रीको कार्यलायमा भएको भेटघाट मुख्यमन्त्री गुरुङले टोलीलाई गण्डकी प्रदेशको अवस्था र प्रदेशले लिएको कार्यदिशाको बारेमा जानकारी गराए । उनले मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउँदै यसले दुवै देश लाभदायक हुने समेत बताए । पर्यटन र खेलकुदको क्षेत्रमा लागानी गरिदिन समेत चिनियाँ टोलीलाई मुख्यमन्त्री गुरुङले आग्रह गरेका थिए ।

जवाफमा चिनियाँ टोलीले आफ्ना लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको तर त्यसका लागि अनकुलता आवश्यक रहेको जिकीर गरे । जवाफमा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा अनुकुल वातावरण बनाउन आफु तयार रहेको आश्वासन दिए ।

चिनियाँ टोलीले होङ्गसी सिमेन्टले भोगिरहेको समास्याको विषयमा समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको थियो । उनले यसबारे आफुलाई अवगत रहेको बताए ।