प्रदेश २ का मन्त्रीहरुको एक महिनाको तलब बाढीपीडितलाई

प्रदेश २ का मन्त्रीहरुको एक महिनाको तलब बाढीपीडितलाई


  • तुलसी नेपाल, जनकपुरधाम

प्रदेश २ सरकारको आज बसेको मन्त्रीपरिषद बैठकले वर्षा र बाढीप्रभावित परिवारको राहतको लागि प्रदेश २ का मुख्यमन्त्रीसहित मन्त्रीराज्यमन्त्री समेतले एक महिनाको तलब बाढीपीडितलाई दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको आज बसेको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीव्र बनाउने निर्णय गर्दै एक महिनाबराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो ।

यसका साथै मन्त्रिपरिषदले साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफ्नो क्षेत्रमा गई राहत कार्यमा जुट्न आग्रह गरेको छ ।

बाढीबाट प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुखसचिव दीपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ । उक्त समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगनम र निरीक्षण पनि गर्ने बताइएको छ ।

प्रदेश सरकारले यसअघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्नेछ ।