मुम्बईमा भवन भत्किँदा पचास पुरिएको आशंका

मुम्बईमा भवन भत्किँदा पचास पुरिएको आशंका


भारतको मुम्बईमा मंगलबार एक चारतले भवन भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति पुरिएको आशंका गरिएको छ । मंगलबार बिहान ११ बजेर ४० मिनेटमा भएको सो दुर्घटना भएको स्थानीय अधिकारीहरूले उक्त जानकारी दिएका छन् ।

हालैको वर्षाका कारण सो भवनको सतह कमजोर भएकोले भत्किएको अनुमान गरिएको छ । अहिले डोजरको सहयोगमा भत्किएको भवनबाट मानिस निकाल्ने प्रयास भइरहेको बताइएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ । समाचारको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।