घुससहित काठमाडौं महानगरमा कार्यरत नासु पक्राउ





अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका, सामाजिक विकास विभाग, बबरमहलका नायब सुब्बा कृष्णप्रसाद सोतीलाई रु एक लाख सात हजार घुससहित नियन्त्रणमा लिएको छ ।

सामाजिक विकास विभागमार्फत कार्यान्वयनमा आएको रकमको कार्यसम्पादन गरी रकम भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको आयोगको टोलीले सोतीलाई सोमबार कार्यालय परिसरबाटै घुससहित नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया