ब्याडमिन्टन टोलीको विदाई

ब्याडमिन्टन टोलीको विदाई


अमेरिका र चीनमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली ब्याडमिन्टन टोलीलाई बिदाई गरिएको छ । दुवै टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले विदाई गरेका हुन् ।

अमेरिकाको क्यालिफोर्नियामा जुलाई १७ देखि २१ तारिखसम्म हुने सिलिकन भ्याली अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा साजनकृष्ण ताम्राकारले प्रतिस्पर्धा गर्ने छन् । टिम व्यवस्थापकमा लवभक्त श्रेष्ठ तथा अफिसियलमा इन्द्रबहादुर कार्की रहेका छन् ।

चीनको सुझावमा जुलाई २० देखि २८ तारिखसम्म हुने प्रतियोगितामा ४ खेलाडीसहित ६ सदस्यीय टोली सहभागी हुनेछ । खेलाडीमा पुरुषतर्फ प्रिन्स दाहाल र प्रफुल्ल महर्जन तथा महिलामा जेसिका गुरुङ र सीमा राजवंशीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।