ग्यास चुहिएर भएको आगलागीमा पाँच घाइते

ग्यास चुहिएर भएको आगलागीमा पाँच घाइते


भरतपुर महानगरपालिका–१३ मा ग्यास चुहिएर आगलागी हुँदा पाँच व्यक्ति जलेर घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उजेलीनगरस्थित शिवप्रसाद पौडेलको घरमा काम गर्ने मानिसले खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा भारतको बेतिया घर भएका पाँचजना घाइते भएका हुन् । घाइते हुनेमा भारतको बेतियाका १८ वर्षीय विकास कुमार, १५ वर्षीय विकास कुमार, २२ वर्षीय शिव कुमार, २५ वर्षीय मनोज पासवान र २२ वर्षीय इन्द्रदेव पासवान गरेको प्रहरीले जनाएको छ । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पौडेलको घरमा डेरा गरी बस्ने उनीहरूले खाना बनाउने क्रममा ग्यास चुहिएको थियो । स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।