नेपालको कृषि क्षेत्रमा लगानी गर्न ओमान सरकारसँग राजदूतको आग्रह

नेपालको कृषि क्षेत्रमा लगानी गर्न ओमान सरकारसँग राजदूतको आग्रह


  • आरके श्रीवास्तव, ओमान

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालको कृषि क्षेत्रमा लगानी गर्न ओमान सरकारसँग पहल गर्नुभएको छ । यही असार २३ (८ जुलाई २०१९) का दिन राजदूत ढकाल र ओमान सरकारका कृषि तथा माछापालन मन्त्री हामिद अल सईद अल औफीबीच भेटवार्ता भएको थियो। उक्त भेटमा राजदूत ढकालले नेपालको कृषि क्षेत्रमा लगानी गर्न स्ताव गर्नुभएको थियोे ।

सो प्रस्तावलाई ओमान सरकारले सकारात्मक रुपमा लिएको बुझिएको छ । प्रस्तावको जवाफमा मन्त्री औफीले नेपाल र ओमानबीच आपसी हितमा काम गर्न ओमान सरकार सदैव तयार रहेको बताउनुभएको थियो ।

नेपालमा कृषि क्षेत्रमा पर्याप्त सम्भावना रहेको र अर्गानिक रुपमा कृषिजन्य उत्पादन गर्न सके विश्व व्यापारीकरणमार्फत बजार पाउने भएकाले पनि नेपालमा लगानी गर्न ओमानलाई आफूले प्रस्ताव गरेको राजदूत ढकालको भनाई छ ।

सो अवसरमा नेपालको कृषि तथा जडिबुटी, फलफूल र तरकारी उत्पादनको सम्भाब्यता बारेमा पनि छलफल भएको राजदूत ढकालको भनाई छ ।