बेनी–जोमसोम सडक अवरुद्ध

बेनी–जोमसोम सडक अवरुद्ध


कालीगण्डकी नदीको बाढीले सडक कटान गरेपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा कालीगण्डकीले करीब १० मिटर सडक कटान गरेपछि ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक अवरुद्ध भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार सडक अवरुद्ध हुँदा बेनी र जोमसोमका लागि गुडेका सवारीसाधन बीच बाटोमै थन्किएका छन् । यात्रु बाटोमै अलपत्र परेका छन् । ढुवानीसेवासमेत प्रभावित भएको छ । कालीगण्डकीको बहाव नघटेसम्म सडक मर्मत गर्न सम्भव छैन ।