‘भारी वर्षा जारी रहन्छ, उच्च सतर्कता अपनाउनुहोस्’

‘भारी वर्षा जारी रहन्छ, उच्च सतर्कता अपनाउनुहोस्’


मनसुन न्यूनचापीय रेखा नेपालको तराईका भूभागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मौसम विश्लेषणसम्बन्धी शुक्रबार विशेष बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बदली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको हो । शुक्रबार बिहानैदेखि मुलुकभर लगातारको मनसुनी वर्षा भइरहेको छ । खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँमा अति भारी वर्षासमेत हुनेछ ।

पूर्वी र मध्यमा एक–दुई दिन भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको मौसमविद समीर श्रेष्ठले बताए । उनका अनुसार पूर्वी र मध्य क्षेत्रमा समग्र मनसुनी वर्षा भने कम हुनेछ । देशका पश्चिमी भेगमा समग्र मनसुनी वर्षा बढी हुने अनुमान गरिएको छ । मौसमी भाषामा १० मिलिमिटरसम्म हल्का वर्षा, १० देखि ५० मध्यम वर्षा, ५० देखि १०० भारी वर्षा र १०० देखि २०० सम्मलाई अति भारी वर्षा भनिन्छ ।

महाशाखाद्वारा आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्शसम्बन्धी विज्ञप्ति जारी गर्दै देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह

यस वर्षको मनसुन अघिल्लो वर्षभन्दा १० दिन ढिलो गरी गत जुन २० तारिखदेखि शुरु भएको थियो । आगामी सेप्टेम्बरको अन्तिम सातासम्म नेपालमा मनसुन जारी रहन्छ ।

देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्व क्षेत्रका तराई र मध्यपहाडका थोर स्थानमा धेरै भारी वर्षासमेत हुने विभागले बुलेटिनमा उल्लेख गरेको छ ।

त्यसैगरी भोलि शनिबार पनि देशको पूूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ भने पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा अति भारी वर्षासमेत हुनेछ । देशको केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आगामी २९ गते आइतबार पनि खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । पूर्वी र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै स्थानमा धेरै भारी वर्षासमेत हुने जनाइएको छ ।

मौसमी भाषामा १० मिलिमिटरसम्म हल्का वर्षा, १० देखि ५० मध्यम वर्षा, ५० देखि १०० भारी वर्षा र १०० देखि २०० सम्मलाई अति भारी वर्षा भनिन्छ

महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्शसम्बन्धी विज्ञप्ति जारी गर्दै देशको खासगरी पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले उच्च सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने र पूर्वी क्षेत्रका तराई र मध्यपहाडका थोरै ठाउँहरूमा अति भारी वर्षासमेत हुने भएकाले पूर्वी र मध्य क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने र पूर्वी र मध्यतराई क्षेत्रका नदीहरूमा जलको बहाव, स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौंमा ५१ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी सिमरामा २०६, विराटनगरमा १७२, ओखलढुंगामा १०७, धनकुटामा १०३ मिलिमिटर वर्षा भएको छ । डडेलधुरामा २७, भैरहवामा २४, नेपालगञ्जमा १२ र धनगढीमा १५ मिलिमिटर वर्षा भएको छ ।

नदी तटीय क्षेत्रमा उच्च खतरा

निरन्तरको वर्षाले देशका मुख्य नदीतटीय क्षेत्रमा पानीको बहावको खतरा बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बाढी पूर्वानुमानसम्बन्धी विशेष सूचना निकालेर बागमती, कमला, कन्काई र कोसी नदीमा पानीको बहाव बढ्दो रहेकाले आसपासका बस्ती तथा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

शुक्रबार बागमती नदीको तराई क्षेत्रमा बहाव खतरा माथि बढ्दो रहेको छ । कमला र कन्काईमा बहाव सतर्कता तहनजिक पुगेको छ । कोसी नदीमा बहाव सतर्कता तह नजिक पुगेको छ । प्रदेश नं. १, २ र ३ का सबै चुरे खोलाहरूमा बहाव सतर्कतामाथि र उच्च खतरा रहेको तथा भोलिसम्मै कामय रहने भएकाले सबै शक्ति प्रतिकार्यमा लगाउन आग्रह गरिएको छ ।

रासस