वन अधिकृत लामा चार लाख घुससहित पक्राउ

वन अधिकृत लामा चार लाख घुससहित पक्राउ


डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार दिउँसो घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले लामालाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनकै कार्यकक्षबाट पक्राउ गरिएको जनाएको छ । पक्राउपछि यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।