पहिरोले घर भत्किँदा काभ्रेमा हजुरआमा र नातिनीको मृत्यु

पहिरोले घर भत्किँदा काभ्रेमा हजुरआमा र नातिनीको मृत्यु


दुई दिनदेखि परेको अविरल वर्षाका कारण काभ्रेको बनेपामा घर भत्किँदा दुईजनाको मृत्यु भएको छ ।

बनेपा नगरपालिका–३ नालामा घर भत्किँदा ५० वर्षीया गोमा दंगाल र सात वर्षीया उनकी नातिनी सोहनीको मृत्यु भएको हो ।

घरमाथिबाट खसेको पहिरोले घर भत्किँदा उनहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले घर भत्किँदा अन्य तीनजना घाइते भएका छन् ।