यतीको विमान चिप्लिएपछि त्रिभुवन विमानस्थल बन्द

यतीको विमान चिप्लिएपछि त्रिभुवन विमानस्थल बन्द


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अचानक बन्द गरिएको छ । नेपालगञ्जबाट आएको यती एयरलाइन्सको एटीआर विमान ‘रन वे’बाट चिप्लिएर ‘ट्याक्सी वे’मा पुगेपछि विमानस्थलको सेवा केही समयका लागि बन्द गरिएको हो । विमानस्थल बन्द भएसँगै आन्तरिक र बाह्य उडान भर्ने तयारीमा रहेका जहाजको उडान प्रभावित बनेको छ।

नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको उक्त विमान कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्न लाग्दा धावनमार्गबाट चिप्लिएको हो । घटनाका क्रममा दुई यात्रु गम्भीर घाइते भएको बताइएको छ ।