सरकारविरुद्ध मोर्चाबन्दी कस्दै कांग्रेस–राजपा

सरकारविरुद्ध मोर्चाबन्दी कस्दै कांग्रेस–राजपा


सरकारविरुद्धको मोर्चाबन्दी सुरु भएको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले साझा एजेण्डा बनाएर सरकारविरुद्ध खनिने भएका हुन् ।

सरकारको रवैयाप्रति प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको दुवै पार्टीका नेताहरुले बताएका छन् । दुवै पार्टीका नेताहरु लोकतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यता जोगाउन मिलेर अघि बढ्नुपर्छ भन्ने कुरामा केन्द्रीत हुन थालेका छन् । छिटोभन्दा छिटो साझा एजेन्डा बनाएर सरकारविरुद्ध उत्रने नेताहरुले बताएका छन् ।