बाढीले पूर्व–पश्चिम राजमार्ग बन्द, बस्ती र सडक डुवानमा

बाढीले पूर्व–पश्चिम राजमार्ग बन्द, बस्ती र सडक डुवानमा


अविरल वर्षाका कारण आएको बाढीले रौतहट र आसपासको जनजीवन कष्टकरण बनाएको छ । बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको बताइएको छ ।

लाल बकैया नदीमा आएको बाढीले बन्जरहाको बाँध कटान गरेको स्थानीयबासीले जानकारी दिएका छन् । जसका कारण त्यस क्षेत्रका आधा दर्जन बस्ती डुवानमा परेको छ ।

उता, चन्द्रपुर लच्कामा समेत बाढी आएको छ । रौतहट प्रहरीका अनुसार सडकमा बाढी पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ । जसका कारण दुवैतर्फका सवारी रोकिएका छन् ।

सडकको अवरोध हटाएर सडक सुचारु गर्ने तयारीमा प्रहरी लागेको बुझिएको छ ।