चार्ज भइरहेको मोबाइल चिसो हातले छुँदा बालकको मृत्यु

चार्ज भइरहेको मोबाइल चिसो हातले छुँदा बालकको मृत्यु


चार्ज भइरहेको मोबाइल चिसो हातले छुँदा झापामा एक बालकको ज्यान गएको छ । आज (बिहीबार) बिहान चार्जमा राखेको मोबाइल छुँदा गौरीगञ्जस्थित ज्ञानोदय माविमा अध्ययनरत गोल्छा महतोका ६ वर्षीय छोरा रोशनको मृत्यु भएको हो ।

चार्ज भइरहेको मोबाइल चिसो हातले छुँदा करेन्ट लागेर उनको मृत्यु भएको हाम्रा झापास्थित संवाददाताले जनाएका छन् । मोरङको रतुवामाई नगरपालिका– १ का मृतक रोशन गौरादह– ८ दामाबारीमा रहेको मावलीघरमा बसेर गौरीगञ्जस्थित ज्ञानोदय माविमा पढ्दै आएका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गइसकेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्स्पेक्टर टेकेन्द्र्र पौडेलले बताए ।