छवि र शिल्पाबीच झगडा नगर्ने सहमति

छवि र शिल्पाबीच झगडा नगर्ने सहमति


चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलले शान्तिसुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गरेका छन् ।

नायिक पोखरेलले श्रीमानबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंमा भएको छलफलमा यस्तो सहमति भएको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार अब उनीहरूबीच आपसी शान्तिसुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने, यदि त्यस्तो घटना हुन पुगे कानुनी रूपमा मुद्दा अगाडि बढाइने सहमति भएको छ ।

सहमतिपछि परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै नायिका पोखरेलले भनिन्, ‘मलाई जे प¥यो त्यो मैले भोगेँ, यदि कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाईं पनि नडराईकन आउनुस् भन्छु ।’

पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा मागेको पनि बताइन् । छलफलपछि पत्रकारसँग कुरा गर्दै चलचित्र निर्माता ओझाले सामान्य घरझगडा प्रहरीमा आउनुपर्ने खालको नभएको बताए । तर, यसमा मेलमिलाप भइसकेकोे उनको भनाइ थियो ।

‘लज्जा’ चलचित्रबाट शिल्पालाई ओझाले नै चलचित्रको नायिकामा डेब्यु गराएका थिए । अभिनेत्री रेखा थापासँग डिभोर्सपछि ओझाको शिल्पासँग विवाह भएको थियो ।