हामी भारत र भारतीय जनताविरोधी होइनौँ : प्रचण्ड

हामी भारत र भारतीय जनताविरोधी होइनौँ : प्रचण्ड


० प्रधानमन्त्रीले राजीनामा दिए आन्दोलन रोकिन्छ ?
– पहिलो कुरा त शान्ति र संविधानको सुनिश्चितता हुनुपर्‍यो । हामीले व्यवस्थापिकामा पनि भनेका थियौँ- जसरी सरकारको नयाँ गठबन्धन प्रक्रिया अगाडि आयो, यो संवैधानिक, राजनीतिक, नैतिक छैनमड्डयो अपवित्र गठबन्धन होमड्डयसको उद्देश्य शान्तिप्रक्रिया र संविधान निर्माणलाई निष्कर्षमा नपुर्‍याई त्यसलाई भत्काउनु रहेको छ । एक वर्षयताको घटनाक्रमले त्यसलाई पुष्टि गरेको छ । हाम्रो मुद्दा शान्ति र संविधानको सुनिश्चितता हो । संयुक्त सरकारको माग कुर्सीका लागि हो भनी प्रचार गर्नु गलत कुरा हो । शान्ति र संविधान निर्माण सुनिश्चित गर्न राष्ट्रिय संयुक्त सरकार अत्यावश्यक छ ।
० आन्दोलनमा क्यान्टोन्मेन्टबाट जनमुक्ति सेना र विस्फोटक पदार्थ ल्याइएको छ भनिएको छ नि, वास्तविकता के हो ?
– यो बिल्कुलै निराधार कुरा हो । जनमुक्ति सेनाको हेडक्वाटरले प्रस्ट रूपमा भनेको छ- यो आन्दोलनमा नैतिक र्समर्थन भए पनि अनुशासित रूपले क्यान्टोन्मेन्टमा बस्छौँ, शान्तिसम्झौताविपरीत कुनै गतिविधि हुने छैन । र, हाम्रो पार्टीले पनि त्यो भनेको छ । गत साता नारायणगढमा एकजना पीएलएसँग ग्रिनेट र खुकुरी भेटियो भन्ने छमड्डत्यो हाम्रो पार्टी र जनमुक्ति सेनाको नीतिविपरीत छ । त्यसबारे छानबिन गर्दै छौँ । बाँकी प्रचार झुटा कुरा हुन् ।
० माओवादीको नेतृत्वमा सरकार बने तोकिएको समयमा संविधान बन्ला त ?
– माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्नु भनेको यथार्थमा त्यसले एउटा विश्वासको वातावरण बन्नु हो । त्यसबाट नेपाली जनताले पार्टीहरू गम्भीर भएका छन्, हिजो भएका गल्ती सच्याइएको छ भन्ने बुझ्नेछन् । त्यसकारण, जेठ १४ भित्रै संविधान बनाउनेबारेमा पनि छलफल हुन्छ । यदि प्राविधिक कारणले बन्ने स्थिति देखिएन भने राष्ट्रिय सरकार बनिसकेपछि पार्टीहरूको बीचमा एउटा समझदारी गरी नेपाली जनताले विश्वास गर्ने अन्य विकल्पबारे सोच्न सकिन्छ ।
० नेपालको इतिहासमा ठूलठूला आन्दोलन जहिले पनि सम्झौतामा टुङ्गिने गरेका छन् । यसपटक पनि इतिहास दोहोरिने त होइन ?
– सम्झौता भन्नेबित्तिकै कस्तो सम्झौता भन्ने कुरा आउँछ । राजनीतिक शक्तिहरूको सन्तुलनले गर्दा सम्झौतामा जानुपर्ने स्थितिहरू पनि आउँछन् । जहिले पनि सम्झौताहीन सङ्घर्ष भन्ने हुँदैन । इतिहासमा कैयौं त्यस्ता असाध्यै महत्वपूर्ण सम्झौताहरू भएका छन्, जसले समाज र राजनीतिलाई अग्रगति दिएका छन् । तर, कैयौं सम्झौता यस्ता पनि छन्, जसबाट देश र जनतालाई धोका र विश्वासघात भएका छन् । यदि अग्रगमन, प्रगति र जनताको मुक्तिको निम्ति निश्चित कालखण्डमा निश्चित आन्दोलनबाट उपलब्धि संस्थागत गर्न सम्झौता गरिन्छ भने त्यो सम्झौता सकारात्मक हुन्छ र त्यसले नयाँ गति दिन्छ । यदि होइन आत्मर्समर्पण गर्ने र आन्दोलनका उपलब्धि गुमाउने हुन्छ । पछि प्रतिगमनतिर जाने हिसाबले सम्झौता गरियो भने त्यो गद्दारी र विश्वासघात हुन्छ । अहिले जनता र राष्ट्रको आवश्यकतालाई घात हुने गरी कुनै सम्झौता गर्नेमा हामी छैनौँ ।
० वार्ता र आन्दोलन सँगसँगै हुन्छ ?
– हामीले यो तेस्रो जनआन्दोलनको घोषणा गर्दा नै भनेका छौँ, आन्दोलनको बीचमा पनि छलफल जारी राख्छौँ । हिजो जनयुद्धमा हुँदा त वार्ता-संवाद गरिराख्थ्यौँ भने अहिले त हामी यहाँ छौंमड्डशान्तिपूर्ण जनआन्दोलन होमड्डसंविधानसभाको सबभन्दा ठूलो पार्टीको नाता र हैसियतले संवाद, सहकार्य र सहमति बनाउने हाम्रो प्रयास निरन्तर जारी रहनेछ । तर, यो जनताबाट पूरै तिरस्कृत, बहिस्कृत, नालायक, भ्रष्ट र राष्ट्रघातीहरूको सरकारले माओवादीलाई घुँडा टेकाउँछु भन्ने ठान्यो भने उसको त्यो दुस्वप्न कहिल्यै पूरा हुने छैन ।
प्रधानमन्त्री र अरूहरूले पनि प्रचण्डको विकल्प खोजिए एकीकृत माओवादीको नेतृत्वमा सरकारका लागि तयार छौँ भनेका छन् । यसबारेमा यहाँको धारणा के छ ?
– यो बडो हास्यास्पद र लाजमर्दो कुरा हो । प्रधानमन्त्रीको कुर्सीमा बसेको मान्छेले म हुन्न भने त्यो पनि हुन्न भन्नुले आफैंमा माधव नेपालको हैसियत र खुट्टी कत्रो छ भन्ने आमजनताले बुझिसकेका छन् । दोस्रो कुरा, को प्रधानमन्त्री हुने, को नहुने भन्ने कुरा बहुदलीय व्यवस्थामा पार्टीले निर्णय गर्ने कुरा हो । कुनै राजा, महाराजाले घोषणा गरेकोजस्तो होइन । माधव नेपाल हिजो राजाले प्रमको टेन्डर आह्वान गर्दा टेन्डर हाल्न जानेमध्येका भएको हुनाले त्यही देखासिकी गरेका होलान् । उनले आफूलाई छोटे राजा सोचेका होलान् । तर, नेपालमा राजतन्त्रको अन्त्य भइसकेको छ र पार्टी सिस्टम छ भन्ने कुरा उनले बुझ्नु आवश्यक छ ।
० भारतीय प्रधानमन्त्रीसँग भेटेपछि माधव नेपाल आफ्नै नेतृत्वको सरकारले शान्तिप्रक्रिया टुङ्ग्याउँछ भन्न थालेका छन् । खासमा छिमेकी र कूटनीतिक समुदायले नेपालको आन्दोलनलाई कसरी हेरिरहेका छन् ?
– हामीले सबैसँग भेटघाट, छलफल र संवाद अगाडि बढाएका छौँ । युरोपियन युनियन, राष्ट्रसङ्घ, चीन, भारत सबैका प्रतिनिधिहरू नेपालको अहिलेको परिस्थित्रि्रति आ-आफ्नै ढङ्गले चिन्तित छन् । र, उनीहरूले यतै हेरिराखेका पनि छन् । अमेरिकी राजदूतसँग मात्रै मेरो दुईपटक भेटघाट भयो । फोनमा पनि कुराकानी भयो । कूटनीतिक समुदाय आन्दोलन शान्तिपूर्ण होस्, अरू घुसपैठ भएर मुठभेडतिर जान नपाओस् भनेर र्सतर्कमड्डर पार्टीहरूको बीचमा सहमति र सहकार्य होस् भन्नेमा चिन्तित देखिन्छन् ।
भारतीय राजदूतसँग पनि लगातारजस्तै कुराकानी भइराखेको छ । हाम्रो छिमेकी, खुला सिमाना, ऐतिहासिक र आर्थिक सम्बन्ध सबै कारणले यतिबेला भारतले हामीसितको सम्बन्धमा नयाँ आयाम दिनुपर्छ । नयाँ आधारमा एकता गर्नुपर्छ, पुरानो आधारबाट हुँदैन भन्ने कुरा नै हामीले गरिराखेका छौँ । हामीलाई भारत र भारतीय जनताविरोधी जस्तो गरेर प्रचार गर्न जो खोजेका छन् त्यो झुटो कुरा हो । भारत र नेपालको बीचमा राम्रो सम्बन्ध बनोस् भन्ने नै हामीले चाहेको हो ।
थिम्पुबाट आएपछि माधव नेपालको स्वर चर्केको देखिएकै छ । उहाँलाई कसैकसैले तँ नै होस्, तँलाई नै छ हाम्रो र्समर्थन भनिदिएको होला । कतैबाट अलिकति हावा भरिदिएपछि उहाँ फुरुङ्ग पर्दै आएको हो कि जस्तो लागेको छ । यदि कुनै यो वा त्यो पक्षको र्समर्थन पाएकै कारणले नेपाली जनतालाई दबाउन सक्छु, माओवादीलाई तह लगाउन सक्छु भन्ने माधव नेपालले ठानेका हुन् भने त्योभन्दा ठूलो मूर्खता र दुस्साहस उनको केही पनि हुने छैन । दुनियाँको कसैले पनि नेपाली जनता र राष्ट्रको स्वाधीनता एवम् सार्वभौम अधिकारलाई ललकार्छ भने हामी जस्तोसुकै मूल्य चुकाएर पनि नेपाल र नेपाली जनताको शिर ठाडो पार्न प्रतिबद्ध छौँ ।
(जनसञ्चार केन्द्रबाट उपलब्ध अन्तर्वार्ताको सम्पादित अंश)- जयप्रकाश त्रिपाठी

वर्तमान सङ्कटको जड माओवादी नै हो : सुशील कोइराला
० मुलुक मुठभेडतर्फ अग्रसर भएको छ, यसमा नेपाली काङ्गे्रसको भूमिका कति छ ?
– यसमा काङ्गे्रसको कत्ति दोष छैन, माओवादी पार्टीको हठ र सहमति-सम्झौता पालना नगर्ने व्यवहारकै कारण यस्तो परिस्थिति निम्तिएको हो । देश राम्रो बाटोमा जाओस् भनेर नै काङ्ग्रे्रसले आजभन्दा ३-४ वर्षअघि नै माओवादीलाई जङ्गलबाट राजनीतिक मूलधारतर्फ अग्रसर गराएको हो । भिडन्त चाहेको भए यसो गरिरहनुपथ्र्यो र ? मुलुकलाई हानि-नोक्सानीबाट बचाउनकै निम्ति १२ बुँदे समझदारीमार्फत काङ्गे्रसको पहलमा माओवादीलाई शान्तिप्रक्रियामा सरिक गराइएको हो भनेपछि मुठभेडतर्फ मुलुक जानुमा काङ्गे्रस दोषी हुने त प्रश्नै रहेन । आफ्ना लागि प्रतिकूल अवस्था हुँदाहुदै पनि संविधानसभा निर्वाचन गराएर नेपाली काङ्गे्रसले शान्ति र संविधान निर्माणप्रति संवेदनशीलता दर्शाएकै हो । तर, संविधानसभाको निर्वाचनपछि पनि माओवादी पार्टी गम्भीर बनेन ।
० त्यसो भए माओवादीलाई जङ्गलबाट निकाली राजनीतिक प्रक्रियामा ल्याएर काङ्गे्रसले गल्ती गर्‍यो ?
– गल्ती गरेको काङ्गे्रसले होइन, बरु काङ्गे्रसले लगाएको गुन नचिनेर उल्टोपाल्टो व्यवहार गरेर माओवादीले चाहिँ गल्ती गर्दै छ । प्रजातन्त्रका लागि आफ्नो सिद्धान्त, निष्ठा र इतिहासलाई समेत दाउमा लगाउन सक्ने काङ्गे्रस पार्टी अब देश र जनतालाई नै विपत्तिमा हालेर माओवादीले जे भन्छ, जे चाहन्छ त्यही-त्यही गरेर हिँड्न सक्दैन । यो स्पष्ट रूपमा बुझोस् माओवादीले ।
० माओवादीलाई सत्ता नभई नहुने र तपाईंहरूचाहिँ उसलाई सत्ता दिँदै नदिने ! अब यसले कहाँ पुर्‍याउला त देशलाई ?
– होइन, हामीले दिने र नदिने कुरै होइन । जबर्जस्ती गरेर पनि कहीँ हुन्छ ? जे कुरामा पनि पेल्नै मात्र खोज्ने ? नीति-नियम, संविधान भन्ने कुरा हुँदैन ? उनीहरूले मात्र संविधान, नियम, कानुन, सहमति र सम्झौताहरू तोडिरहनुपर्ने कारण के हो ? उनीहरूको कुनै जिम्मेवारी रहँदैन देशप्रति ? मेरो गोरुको बाह्रै टक्का भनेर कसरी हुन्छ, नियमसङ्गत प्रक्रियामा आउनुपर्‍यो नि सत्ता नै चाहिएको छ भनेपछि त ।
० माओवादीलाई छोडिदिए के हुन्छ त, नेतृत्व गर्न दिए हुन्छ नि त सरकारको ?
– के हुन्छ या हुँदैन भन्ने जनताले देखिसके । सरकारको नेतृत्व गर्न दिएको होइन र हिजो पनि, थाम्न किन सकेनन् ? कसले छोडेर सडकमा आउनु भनेको थियो र ? अझै अन्टसन्ट क्रियाकलाप गर्ने अनि फेरि अरूलाई दोष दिने ? यस्तो हेपाहा व्यवहार कहिलेसम्म सहिरहने ?
० यस्तो अवस्थामा त सहमतिकै आवश्यकता पर्छ, होइन र ? काङ्ग्रेसजस्तो दलले पनि निहुँ खोज्ने कुरा गर्न मिल्छ र भनेको ?
-हामी सहमतिबाहेक अरू के कुरा गरिरहेका छौँ त ? यहाँसम्म सहमतिकै कारण आइपुगेको हो । यो कसले गर्‍यो ? काङ्गे्रसले होइन ? फेरि पनि हामीलाई नै आरोपित गर्ने, पेल्ने गर्न त भएन नि !
० अब के होला त ?
– केही हुँदैन । उहाँहरूले आफ्नो जिम्मेवारीलाई आत्मसात् गर्नुपर्‍यो । सडक आन्दोलन र बन्द-हडताल त्यागेर शान्तिपूर्ण सहमतिमा आउनुपर्‍यो । सङ्कट निकासको मार्ग के हुन सक्छ, बसेर छलफल गर्नुपर्‍यो । आफूले बोलेको र गरेको मात्र ठीक अरू सब बेठीक भन्ने सोच त्याग्नुपर्‍यो, सबै
ठीक हुन्छ ।
० उहाँहरू त अब माग पूरा नहुन्जेल आन्दोलनमै रहने भन्ने निष्कर्षमा पुगिसक्नुभएको छ त ?
– प्रजातन्त्रमा शान्तिपूर्वक आफ्ना कुराहरू राख्ने, प्रदर्शन गर्ने हक त सबैलाई छ तर त्यो कति जायज, सान्दर्भिक र आवश्यक छ भन्नेचाहिँ मनन गर्नुपर्छ । स्थिति बिग्रँदै गएको छ तर आफूले गरेको जायज नै छ भन्ने मनस्थिति माओवादीमा देखिनु दर्ुभाग्यपूर्ण छ । सडकबाट सरकार फाल्न यसरी उद्यत् देखिनु पूर्णत: अलोकतान्त्रिक हो । अन्तरिम संविधानमा आफैंले दस्तखत गरेर अहिले त्यसको खिलाफमा यसरी आउन अप्ठेरो लाग्नुपर्ने हो उहाँहरूलाई, तर त्यसो भइरहेको छैन । विधिको शासन मँन्ने कर्तव्य सबैको हो, माओवादीले मात्र यसमा छुट पाउनुपर्छ भन्ने हुँदैन । जबसम्म प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शलाई अपनाउन माओवादी तयार हुँदैनन्, देशले त दु:ख पाइरहने भयो । जनताले यो बुझनुपर्छ ।
० के अहिलेको परिवेशमा माओवादी मात्रै दोषी हो भन्न मिल्छ त ?
– मिल्छ, आज देश अन्योल र सङ्कटमा यसरी जाकिनुमा माओवादी नै दोषी हो भन्न मिल्छ ? सर्वसत्तावादी शासन लाद्न खोज्नेलाई दोष नदिएर कसलाई दिने त ? विधिको शासन, मानवाधिकार, व्यक्तिगत स्वतन्त्रता, प्रेस स्वतन्त्रताका निम्ति हामी लडिरहने, कुनै अर्को शक्तिचाहिँ त्यसको बर्खिलाप गएर सर्वसत्तावाद लाद्न खोज्ने गर्छ भने दोष हामीले कसरी लिने त ?
० देशको मुख्य आवश्यकता नयाँ संविधान हो, त्यो अब कहाँ पुग्यो कहाँ, यस्तो अवस्थामा पनि सत्ताको खिचातानी कति सुहाउँदो कुरो हो त ?
-खै हामीले त सत्ताको खिचातानी गरेका छैनौँ । हिजो त्यस्तो प्रतिकूल अवस्थामा संविधानसभाको निर्वाचन गराएर पनि माओवादीलाई सत्ता छोडेकै हौँ, पछि फेरि एमालेलाई छोडेकै हौँ । अहिले पनि सत्ता चाहियो, हामीलाई प्रधानमन्त्री चाहियो भनेर कराएका छैनौँ । सत्ताको खिचातानी त माओवादीले गरिरहेको छ, त्यसैले यस्तो बबन्डर मच्चिएको छ देशमा । माओवादीले निहुँ खोजेको छ तर हामी अझै सहमतिमा जाऔँ भनिरहेका छौँ, मेलमिलाप गरेर अघि बढौँ भनिरहेका छौँ । कुनै खिचातानी गरिरहेका छैनौँ । सत्ता, सत्ता र सत्ताको रट माओवादीले लगाइरहेको छ, सत्ता कब्जाको नारा उहाँहरूको छ, खिचातानीको दोष काङ्गे्रस-एमालेलाई लाउन मिल्दैन यतिखेर । सत्ताकब्जाकै निम्ति मानिसहरूलाई जोड-जबर्जस्ती गरेर माओवादीले यो तमासा गरिरहेको छ, यसको जिम्मेवारी उनीहरूले नै लिनुपर्छ ।
० के भन्नुहुन्छ त अब माओवादीलाई ?
– हेर्नुस्, माओवादीले यस्तो हठ, जबर्जस्तीपन, धाक-धम्की त्यागेर सहमति र मेलमिलापमा आउनुपर्छ । हिजो संविधानसभा चुनाव भए सब ठीक हुन्छ भन्यो माओवादीले- त्यो भयो, फेरि गणतन्त्र भए ठीक हुन्छ भन्यो त्यो पनि भयो, तर माओवादी आफैं ठीक भएनन् । आज पनि युद्धकालीन दम्भ छ ।
आफ्नै मात्र एकोहोरो रट छ । खोजेको के हो त ? अब हामीले के भन्ने ? कति भन्ने ? उहाँहरू आफैंले बुझनुपर्‍यो । मुलुक र जनता तवाह भएका छन् यो बुझेर यसप्रति संवेदनशील भएर विवेकपूर्ण ढङ्गले अगाडि बढ्नुपर्‍यो, जनतालाई भयमुक्त रूपमा बाँच्न दिनुपर्‍यो, स्वतन्त्र भएर गरिखान दिनुपर्‍यो । तब ठीक हुन्छ । माओवादी जिम्मेवार भइदिए संविधान पनि आउँछ, सबै ठीक हुन्छ । अब तानाशाही शासन स्वीकार्न कोही तयार छैनन् भन्ने माओवादीले बुझिदिए सब ठीक हुन्छ ।