२४५ केजी गाँजासहित लामा पक्राउ

२४५ केजी गाँजासहित लामा पक्राउ


गजुरी गाउँपालिका– २ डुँडेठाँटीबाट प्रहरीको टोलीले बिहीबार प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

अवैध रूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए । प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न बेनीघाटरोराङ गाउँपालिका– १ का ४१ वर्षीय वीरबहादुर लामा पक्राउ परेका हुन् ।

आरोपितलाई प्रतिबन्धित लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा लगाइने प्रहरीे जनाएको छ । पक्राउ गरिएका लामालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएर अनुसन्धान थालेको छ ।