मदन पुरस्कारका सात कृति छनोटमा

मदन पुरस्कारका सात कृति छनोटमा


मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७५’ का लागि सातवटा कृति छनोट गरेको छ । मदन पुरस्कार प्रदान गर्न ‘श्रेष्ठ–सूची’ तयारीका लागि गठित समितिले विभिन्न विधाका सात कृति पुरस्कारका लागि छनोट गरेको मदन पुरस्कार गुठीले बुधबार जनाएको छ ।

पुरस्कारका लागि प्राप्त २५७ कृतिबाट सात कृति छनोट गरिएको हो । छनोटमा परेका उत्कृष्ट कृतिमा सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’ र छुदेन काविमोको ‘फातसुङ’ रहेका छन् । त्यस्तै, छनोटमा परेका अन्य कृतिमा महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ रहेका छन् ।

छनोटमा परेका यी सात कृतिमध्ये एउटा ‘मदन पुरस्कार–२०७५’बाट पुरस्कृत हुनेछ । पुरस्कारको राशि २ लाख रुपैयाँको रहेको छ ।