राखेपका नवनियुक्त सदस्यसचिव सिलवालले लिए शपथ

राखेपका नवनियुक्त सदस्यसचिव सिलवालले लिए शपथ


राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव रमेश सिलवालले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई मन्त्रालयमा आयोजित एक कार्यक्रममा शपथ गराएका हुन् ।

नेकपानिकट मदन भण्डारी स्पोर्टस् एकेडेमीका पूर्वअध्यक्षसमेत रहेका सिलवाललाई सरकारले आइतबार राष्ट्रिय खेलकुद परिषदको नयाँ सदस्यसचिव नियुक्त गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बन हुनुअघि राखेपद्वारा गठित तदर्थ समितिको संयोजक रहेका सिलवाल बत्तीसपुतलीमा रहेको गोल्डेनगेट कलेजका सीईओसमेत हुन् ।