‘राजनीति अपराधीकरण भयो’

‘राजनीति अपराधीकरण भयो’


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीति भ्रष्टिकरण भएको बताएका छन् । राजनीतिलाई फोहोरी खेल (डर्टी गेम) बनाउन जनप्रतीनिधि र दलका नेताहरु नै लागिपरेको भन्दै उनले अगाडी भने, ‘राजनीति भ्रष्टिकरण र अपराधिकरण भएकाले विभिन्न पेशा व्यवसायका मानिस पनि राजनीतिमा आइरहेको छ ।’

मध्यनेपाल नगरपालिकाको छैठौं नगरसभाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले जनप्रतिनिधिलाई जनताको सेवामा लाग्न आह्वान गरे । ‘जनप्रतिनिधिले ठेक्का पट्टा गर्ने होइन, तपाई कि नेता बन्नुस, कि अरु पेशा व्यवसायी बन्नुस्, उनले भने, राजनीति गर्ने मान्छेले जनताको सेवा गर्ने हो ।’

स्थानीय तहमा धेरै आर्थिक विचलन देखिएको उनको भनाई छ । महालेखा परिक्षकले मलाई गण्डकी प्रदेशको आर्थिक विचलनको अवस्था बारे प्रश्न उठाएको छ, मुख्यमन्त्री गुरुङले भने, स्थानीय तहले निति नबनाई ढङ्ग नपु¥याई अन्धाधुन्ध खर्च गरिरहेको छ ।’

संविधानले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई कार्यकारी अधिकार दिएपनि त्यस्तो अवस्था नदेखिएको उनको भनाई छ । न्यायिक समितिलाई प्रभावकारी बनाउन आग्रह गर्दै उनले विधि, पद्यती, संवैधानिक हिसाबले स्थानीय तह सरकार जस्तो भएर चल्न नसकेको बताए ।

संघीय राज्य व्यवस्थाबाट कोही पनि पछाडी हट्न सक्ने अवस्था नरहेको भन्दै उनले संविधानले दिएको अधिकार इमान्दार भएर कार्यान्वयन गर्न स्थानीय तह चुकेको बताए । ‘यो संविधानलाई पत्रु बनाउने अधिकार कसैलाई पनि छैन, मुख्यमन्त्री गुरुङले भने, संविधान जसले बनायो, कार्यान्वयन गर्ने दायित्व पनि उसैमा छ ।’ संविधानको सफल कार्यान्व्यनमा दलहरुविच मेलमिलाप गर्न उनले जोड दिए ।

नेपालमा धेरै असमानता र विविधता रहेको भन्दै त्यसलाई संवोधन र व्यवस्थापन गर्न संघीय व्यवस्थामा गएको उनले दोहो¥याए । संघीयता जादुको छडी होइन उनले भने, द्धन्द्ध, असमानता र विविधताको संवोधन गर्न संघीय शासन प्रणाली लागु गरिएको हो ।’

उनले एकात्मक प्रणालीमा सानो काम गर्न पनि सिँहदरबारको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न गाउँ घरमै कार्यकारीणी अधिकार सहितको सरकारको परिकल्पना गरिएको बताए । तर स्थानीय सरकारले जनतालाई परिवर्तनको महशुष हुने गरी सेवा दिन नसकेको भन्दै आलोचना गरे ।
प्रदेश सरकार स्थानीय तहसँग समन्वय र सहकार्य गरेरै अगाडी बढ्न चाहेको भन्दै उनले स्थानीय तहले पनि अवस्थिति पत्र र योजना बनाएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि आनन्द घिमिरेले संघ, प्रदेश र स्थानीय तहविच रहेको नितिगत समस्या चाँडै अन्त्य हुनुपर्ने बताए । उनले विकास निर्माण र समृद्धीका लागि स्थानीय तहदेखि केन्द्रसम्म नै दलहरुविच सहमति हुनुपर्ने बताए ।

यस्तै, नेकपा मध्यनेपालका अध्यक्ष रामचन्द्र पौडेलले स्थानीय तह मनोमानी रुपमा चल्न नहुनेमा जोड दिए । सबैसँग सहकार्य गरेर अघि बढे मात्र लक्ष्य हाँसिल गर्न सकिने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले स्थानीय सरकार संचालनमा धेरै कमजोरी रहेको भन्दै आगामी दिनमा सच्याउने प्रतिवद्धता जनाए ।