हृदयाघातका कारण नेपाली युवाको जापानमा निधन

हृदयाघातका कारण नेपाली युवाको जापानमा निधन


  • श्याम क्षेत्री, टोकियो

जापानमा रोजगारीको सिलसिलामा रहेका एक नेपालीको शनिबार हृदयघातका कारण अकस्मात निधन भएको छ।

बाग्लुङस्थित गल्कोट घर भएका ४० वर्षीय भविलाल घर्ती विगत तीन वर्षदेखि जापान रहँदै आएका थिए ।

कुक भिसामा जापान आएका घर्ती कामबाट राती फर्कने क्रममा रेलमै बेहोस भएलगत्तै एम्बुलेन्समार्फत अस्पताल पुर्याए पनि अस्पतालले हृदयघातका कारण मृत्यु भैसकेको घोषणा गरेको बुझिएको छ ।

विवाहित घर्तीको नेपालमा श्रीमती र छोरा छन् । अल्पायुमै निधन भएका घर्तीको कागजी प्रक्रिया पूरा भएपछि जापानमै दाहसंस्कार गरिने गल्कोट समाजका संस्थापक तथा संरक्षक बेलुकाजी थापाले जानकारी दिएका छन् ।