हुन्छ त शैलुङ कन्सट्रक्सनलाई कारबाही ?

हुन्छ त शैलुङ कन्सट्रक्सनलाई कारबाही ?


सरकारले ‘क’ वर्गको शैलुङ कन्सट्रक्सनलाई कम्पनीलाई कारबाही गर्ने सङ्केत देखाएको छ । विभिन्न ठाउँमा ठेक्का लिने तर काम नगर्ने यस कम्पनीलाई सरकारले कारबाही गर्न लागेको हो

कम्पनीले कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सडकको ठेक्का लिएर अलपत्र पारेको छ । कम्पनीलाई सडक विभाग अन्तरगतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले जरिवाना तिराउने तयारी थालेको बुझिएको छ । सडक निर्माणमा चरम ढिलासुस्ती र लापरवाही गरिएको भेटिएपछि शैलुङलाई ठेक्का रकमको १० प्रतिशत अर्थात झण्डै ३ करोड रुपैयाँ जरिवाना गर्न लागेको बताइएको छ ।

कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने १६ किलोमिटर सडकको काम सम्झौताअनुसार ०७३ को जेठसम्म सम्पन्न गरिसक्नुपर्ने थियो । शैलुङले यो सडक निर्माणको काम २०७१ को जेठबाट सुरु गरेको हो । आयोजनामा अहिलेसम्म ४ पटक म्याद थप गरिसकेको छ ।

यो सडक भारतीय एक्जिम बैंकको ३० करोड लगानीमा निर्माण गरिन लागेको हो । तर निमाृण कम्पनी शैलुङले ‘लो बिड’ गरेर ठेक्का हात पार्ने र मोबिलाइजेसन हात पारेपछि आयोजनाहरु वर्षौसम्म अलपत्र अवस्थामा राख्ने गर्दै आएको छ । सरकारलाई घाटा हुने काम गरेपनि सरकारले शैलुङजस्ता निर्माण कम्पनीलाई ‘ब्ल्याक लिष्ट’ मा राख्नुपर्ने पूर्बाधारविद्को तर्क छ । उनिहरुले राज्यको कमजोरीका कारण ठेकेदारहरुले मुलुकको पूर्बाधार क्षेत्रमा राज जमाएको आरोप समेत लगाउँदै आएका छन ।