मनु हुमागाई पार्टीको कारबाहीमा

मनु हुमागाई पार्टीको कारबाहीमा


नेकपा प्रवेशको तयारीमा रहेकी मनु हुमागाई कारबाहीमा परेकी छिन् । उनलाई महिला शक्ति महासंघले कारवाही गरेको हो । तत्कालीन नयाँ शक्तिनिकट महासंघको शुक्रबार बिहान बसेको सचिवालय बैठकले हुमागाईलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारवाही गरेको हो । हुमागाईको ठाउँमा भगवती सुवेदीलाई संयोजकको जिम्मा दिने बुझिएको छ ।

महिला शक्ति महासंघकी इञ्चार्ज समेत रहेकी हिसिला यमीको उपस्थितिमा बसेको बैठकले हुमागाईले पार्टी संगठनलाई नोक्सान पु¥याएको भन्दै कारबाही गरेको हो । संघीय समाजवादी पार्टीसँगको एकतापछि हुमागाईसँगै कल्पना धमला, देवेन्द्र पराजुलीलगायत नेता नेकपा छिर्दै छन् ।