प्रधानमन्त्रीलाई स्कुटीमा शहर घुमाउने रंगमतीको रहर

प्रधानमन्त्रीलाई स्कुटीमा शहर घुमाउने रंगमतीको रहर


नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्कुटीको पछाडि बसेर वनस्थलीसम्म यात्रा गर्न आह्वान गरेकी छिन् । प्रधानमन्त्री ओलीले अब काठमाडौंमा माक्स लगाएर हिँड्नु नपर्ने अभिव्यक्ति केही दिनअघि एक सार्वजनिक कार्यक्रममा दिएका थिए ।

प्रधानमन्त्री ओलीको सोही अभिव्यक्तिलाई लिएर सांसद शाहीले काठमाडौंको वास्तविक अवस्था बुझ्न आफ्नो स्कुटीको पछि बसेर वनस्थलीसम्म यात्रा गर्न आग्रह गरेकी हुन् ।

सांसद शाहीले बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यस्तो आग्रह गरेकी हुन् । सो अवसरमा सांसद शाहीले भनिन्, ‘प्रधानमन्त्रीज्यू, आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस्, वनस्थलीसम्म जाऊँ । मास्क लगाउनुपर्छ कि पर्दैन अनि हेरौँ ।’