जापानमा नक्कली कागजपत्र पेश गर्ने नेपाली युवा प्रहरी नियन्त्रणमा

जापानमा नक्कली कागजपत्र पेश गर्ने नेपाली युवा प्रहरी नियन्त्रणमा


■ श्याम क्षेत्री, जापान

नक्कली कागज पत्र पेश गरी सवारीचालक अनुमतिपत्र लिएको अभियोगमा २ नेपालीलार्इ जापान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार २८ वर्षीय प्रकाश अर्याल र ३५ वर्षीय गणेशप्रसाद अर्याल पक्राउ परेका हुन् ।

नेपालको नक्कली लाइसेन्स बनाएर अर्यालले जापानको लाइसेन्स लिएको बताइएको छ । स्वदेशको लाइसेन्स भएको खण्डमा जापानको लाइसेन्सप्राप्तिको लागि लिइने परीक्षामा केही छुट दिइने भएकाले जापानमा रहेका नेपालीहरुले स्वदेशको नक्कली लाइसेन्स पेश गर्ने गरेको एनएचके टेलिभिजनले जनाएको छ ।