सांसद मनाङ्गे नेकपामा

सांसद मनाङ्गे नेकपामा


अनतत : गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् । आज बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले मनाङेलाई पार्टीमा स्वागत गरेका हुन् । मुख्यमन्त्री गुरुङले मनाङ्गेलाई टीका लगाइदिएर र नेकपाको विधान पनि हस्तान्तरण गरेर पार्टीमा स्वागत गरेका हुन् ।

मनाङेसँगै विप्लव समूहका कास्की सचिवालय सस्दय तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्कीलाई पनि नेकपामा प्रवेश गरिएको हो ।

प्रदेशसभामा मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङे नेकपाकै सहयोगमा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् ।