दीपक मनाङे नेकपा प्रवेश गर्दै

दीपक मनाङे नेकपा प्रवेश गर्दै


मनाङबाट गण्डकी प्रदेशमा निर्वाचित सांसद दीपक मनाङे नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । उनको नेकपा पार्टी प्रवेश कार्यक्रम भोलि (बिहीबार) का लागि तय भएको छ ।

मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गराउने बताइएको छ । गत निर्वाचनमा नेकपाकै सहयोगमा स्वतन्त्र सांसदको रूपमा निर्वाचित भएका थिए ।

फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि मनाङेले निर्वाचित भएको लामो समयसम्म शपथ लिन पाएका थिएनन् । उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका मनाङेलाई सर्वोच्चले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएपछि उनले प्रदेश सांसदको शपथ लिएका थिए ।