नेपाल–इटाली उद्योग वाणिज्य सङ्घमा ढकाल

नेपाल–इटाली उद्योग वाणिज्य सङ्घमा ढकाल


नेपाल–इटाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा नवराज ढकाल निर्वाचित भएका छन् । सङ्घको सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले ढकाललाई निर्विरोध निर्वाचित गरेको हो ।

सङ्घको विशिष्ट मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा धु्रवकुमार श्रेष्ठ, उपाध्यक्षमा अशोक शेरचन, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवन अग्रवाल, सचिवमा मनोज श्रेष्ठ भडेल चयन भएका छन् ।

कार्यसमिति सदस्यमा अनिलदास श्रेष्ठ, कमलराज विष्ट, किसानसुनार, कृष्ण पौडेल, तीर्थ रोका, विनोद बस्नेत, विनोद सग्तानी, वासुमाया तामाङ, बीना प्याकुरेल, युगेशवादे श्रेष्ठ, सुमितकुमार वंशल, शम्भुकुमार लामा, सुशील जैन, सञ्जय अग्रवाल, सुनील शर्मा र राजेन्द्र बराल निर्वाचित भएका छन् ।

नेपाल र इटालीबीचको आर्थिक, व्यापारिक, पर्यटन लगानीका लागि सङ्घको स्थापना भएको हो । नवनिर्वाचित अध्यक्ष ढकालले नेपाल र इटालीबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन आफूले प्रयास गर्ने बताए ।