शाखा विस्तारमा आक्रामक बन्दै जनता बैंक, एकैसाथ ६ स्थानमा नयाँ शाखा

शाखा विस्तारमा आक्रामक बन्दै जनता बैंक, एकैसाथ ६ स्थानमा नयाँ शाखा


जनता बैंक नेपाल लिमिटेडले एकैसाथ ६ स्थानमा नयाँ शाखा संचालनमा ल्याएको छ । स्थापनाकालदेखि नै शाखा विस्तारमा आक्रामक बनेको जनताले काठमाडौं उपत्यकामा ३ र उपत्यका बाहिर ३ गरी ६ स्थानमा एकैपटक शाखा संचालनमा ल्याएको हो ।

स्थानीय तहसम्म बै‌किङ्ग पहुँच पु¥याएर सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले थप ६ स्थानमा शाखा विस्तार गरिएको बैंकका अध्यक्ष केशबबहादुर रायमाझीले घटना र बिचारलाई जानकारी दिए । उनका अनुसार थप नयाँ शाखामा कारोबार पनि सुरु भइसकेको छ ।

बैंकले भक्तपुरस्थित नयाँ ठिमी, ललितपुरको पाटन सुन्धारा, काठमाडौंको किर्तिपुरका साथै उपत्यका बाहिरका जिल्लाहरु फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा बिस्तार गरिएको जनाएको छ ।

मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गरेका थिए । समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले बैंकको बारेमा धारणा राखेका थिए । यस्तै, फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका संचालक संजिव न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले समुद्घाटन गरेका थिए ।

नयाँ खोलिएका शाखाहरुबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगायत सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराइने बैंकका अध्यक्ष रायमाझीले जानकारी दिए । हालसम्म देशभरी बैंकको शाखा संख्या १ सय ३५ पगेको छ ।

यसैबीच, तनहुँको डुम्रेमा शाखा उद्घाटन सँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको बैंकले जनाएको छ । शिविरमा स्त्रीतथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो ।