यूरोप क्षेत्रको वेरोजगार दर ११ बर्ष यताकै न्यून

यूरोप क्षेत्रको वेरोजगार दर ११ बर्ष यताकै न्यून


यूरोपक्षेत्रको वेरोजगार दर सन् २००८ पछि पहिलोपटक निम्न विन्दुमा झरेको सोमबार सार्वजनिक एक प्रतिवेदनमा बताइएको छ ।

यूरोको संयुक्त कारोबार गर्ने यूरोपका १९ मुलुकहरूमा ११ बर्षदेखि वेरोजगार दर घटाउन गरिएका बहुरूपी योजना र प्रयासबाट यहाँको रोजगारी वृद्धिमा सफलता मिलेको यूरो क्षेत्रका विश्लेषकहरूले बताएका छन् ।

विगत केही समयदेखि अमेरिका र चीनबीचको व्यापार तनावका कारण यूरोपको पनि आर्थिक वृद्धि दरलाई प्रभावित पारिरहेका समय यहाँको वेरोजगार दरमा क्रमशः सुधार देखिएको विश्लेषकहरूले बताएका छन् । तथ्याङ्कको लेखाजोखा राख्ने कम्पनी फ्याक्टसेटले यसपहिले प्रक्षेपण गरेको ७.६ भन्दा पनि ०.१ प्रतिशत अर्थात् (७.५प्रतिशत)ले कमी आउनुलाई अर्थशास्त्रीहरूले सकारात्मक सुधारको रफ्तार भनी प्रतिक्रिया दिएका छन् ।

यूरोपेली संघका २८ सदस्य राष्ट्रहरूमा वेरोजगार दरबारे रेकर्ड गर्न थालिएको सन् २००० को तुलनामा एक दशांश प्रतिशत अङ्कले कमी आई ६.३ प्रतिशत कायम भएको फ्याक्टसेटको प्रतिवेदनमा उल्लेख छ ।

यूरोको कारोबार हुने उक्त क्षेत्रको वेरोजगार दर सन् २००७÷२००८ को विश्व आर्थिक सङ्कट शुरू हुँदाभन्दा पहिलेको अवस्थामा पुगेको छ ।

सङ्कटका समय वेरोजगार दर सन् २००८ को अप्रिलमा अत्यधिक १२.१ प्रतिशतमा पुगेको थियो भने यसबाट सन् २०१३ को मेसम्म कुनै सुधार आउन नसकेको तथ्याङ्कहरूले देखाएका छन् ।
यूरो क्षेत्रको आर्थिक सङ्कटमा क्रमशः सुधार आइरहेपछि सन् २०१६ को सेप्टेम्बरमा लामो समयपछि पहिलो पटक वेरोजगार दर एक अङ्कमा झरेको थियो ।

यूरोस्टाटको तथ्याङ्क अनुसार यूरोजोनमा मे महिनामा सबैभन्दा कम वेरोजगार दर चेक गणतन्त्र २.२ प्रतिशत रहेको देखिएको छ भने ग्रीसमा सबैभन्दा बढी १८.१ प्रतिशत रहेको छ ।