काँग्रेसका दुई विधान सभा सदस्यद्धारा राजिनामा

काँग्रेसका दुई विधान सभा सदस्यद्धारा राजिनामा


भारतको कर्नाटक राज्यका दुई जना विधान सभा सदस्यले सोमबार राजिनामा दिएका छन् ।

काँग्रेसको तर्फबाट विधान सभा सदस्य भएका दुई जनाले राज्य गभर्नर र प्रदेश सभाका सभामुखलाई राजिनामा बुझाएका हुन् । विजयनगरबाट विधान सभा सदस्य बनेका आनन्द सिंहले सवैभन्दा पहिले गभर्नर भाजुबी भालालाई राजिनामा दिएका थिए भने त्यसको प्रतिलिपि सभामुख रमेश कुमारलाई बुझाएका थिए ।

सिंहले राजिनामा दिएको केही घण्टापछि गोकाकबाट विधान सभा सदस्य भएका रमेश जार्कीहोलीले पनि विधान सभा सदस्यबाट राजिनामा दिएका छन् । जार्कीहोली मन्त्री बन्न नपाएपछि केही समयदेखि निराश बन्दै आएका थिए ।

राजिनामा बुझाएपछि सिंहले पत्रकारहरुसँग भने, ‘मैले गभर्नरलाई भेटेर राजिनामा दिएको छु, त्यसको प्रतिलिपी सभामुखलाई बुझाएको छु, मलाई शक्तिमा बसिरहने रहर नभएकाले राजिनामा दिएको हुँ ।’