भारतको पहिलो पराजय, इंग्ल्यान्डको सेमिफाईनलमा पुग्ने आशा जीवितै

भारतको पहिलो पराजय, इंग्ल्यान्डको सेमिफाईनलमा पुग्ने आशा जीवितै


आईसीसी क्रिकेट वल्र्डकप २०१९ अन्तर्गत आयोजक इंग्ल्यान्ड र भारतबीच भएको खेलमा इंग्ल्यान्ड ३१ रनले विजयी भएको छ । यो विजयसंगै १० अंक जोडेको इंग्ल्यान्डले सेमिफाइनलमा पुग्ने आशा जीवितै राखेको राखेको छ । जितसँगै कप्तान इयान मोर्गनले यसपटक इंग्ल्यान्डले विश्वकप जित्नसक्ने दाबी पनि गरे ।

भारतजस्तो अपराजित र सशक्त टीमलाई हराउनु ठूलो उपलब्धि भएको बताउँदैै कप्तान मोर्गनले अष्ट्रेलिया र श्रीलंकासँगको पराजयलाई यो जितले मल्हम लगाएको बताए । यतिबेला टीमको हौसला बुलन्द छ, इंग्ल्यान्डको पहिलो पटक विश्वकप जित्ने सपना पुरा हुनसक्छ मोर्गनले भने ।

टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ३ सय ३७ रन बनाएको थियो । जस्मा ओेपनर जोनी बेयरस्टोले १ सय ११ रन को सतकीय पारी र जेसन रोयले ६६ रनको अर्धसतकीय पारी खेलेका थिए ।

३ सय ३८ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रिएको भारत निर्धारित ५० ओभरमा ३ सय ६ रन सीमित भयो । यो विश्वकपमा भारतको यो पहिलो पराजय हो । भारतको तर्फवाट रोहित शर्माले सतकीय पारी खेलेका थिए ।