‘मिस्टर काठमाडौं’ शारीरिक सुगठन भदौमा

‘मिस्टर काठमाडौं’ शारीरिक सुगठन भदौमा


काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघ (केबीबीएफए) को आयोजनामा हुने मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता, महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता, जुनियर मिस्टर काठमाडौं काठमाडौं प्रतियोगिता तथा पुरुष स्पोर्ट्स फिजिक्स प्रतियोगितालाई कसरी सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्नेमा अन्तरक्रिया आयोजना गरियो ।

नक्सालमा भएको अन्तरक्रियामा विभिन्न ४२ फिट्नेस क्लबका १ सय २० प्रतिनिधिको सहभागिता रहेको थियो । अन्तरक्रियामा सहभागीहरुले प्रतियोगितालाई सफल बनाउने सम्बन्धमा आ–आफ्नो धारणासहितको सुझाव दिएका थिए ।

प्रतियोगिता आयोजना गर्नु मात्र सब थोक होइन । यसलाई प्राविधिक र व्यवस्थापकिय रुपमा स्तरीय बनाउनु महत्वपूर्ण पक्ष हो । यहि कुरालाई मध्यनजर राखि हामीले अन्तरक्रिया आयोजना गरेका हौं । आयोजक केबिबिएफएका अध्यक्ष सुरेश सुवेदीले बताए । भदौ २० र २१ गते काठमाडौंमा हुने प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ३० हजार रुपैयाँ रहेको छ ।