११ महिनामा मात्रै ३१ अर्बको धान–चामल आयात

११ महिनामा मात्रै ३१ अर्बको धान–चामल आयात


कुनै बेला नेपालले विदेशमा धान चामल निर्यात गर्ने गर्दथ्यो । सानै आकारमा भएपनि धान चामल निर्यात गर्ने मुलुकमा नेपाल पर्ने गरेको थियो । २०३६ सालसम्म नेपालबाट विदेशमा चामल निर्यात हुन्थ्यो । त्यसवर्ष मात्र २४ करोड ३८ लाख ६३ हजार रुपैयाँको चामल भारतमा निर्यात गरेको कृषि विभागको तथ्याङक छ । त्यसअघि नेपालले भारत सहित सार्क राष्ट्र, मलेसियादेखि अमेरिकासम्म निर्यात गर्ने गरेको थियो । तर पछिल्लो ४० वर्षयता नेपालले विदेशबाट ठूलो परिमाणमा धान–चामल आयात गर्दै आइरहेको छ ।

नेपालमा दक्ष जनशक्तिको अभाव, मल, बिउ लगायतका कारण धानको उत्पादन घट्दै गइरहेको छ । यसैले पनि स्वदेशी मागलाई धान्नको लागि बर्षेनी धान चामल आयात गर्नुपरेको हो । चालू आर्थिक वर्षको तथ्यांक मात्रै हेर्ने हो भने नेपालले विदेशबाट ३१ अर्बभन्दा बढीको धान–चामल आयात गरेको देखिन्छ । भन्सार विभागले पनि अस्वभाविक रुपमा धान चामल आयातको मात्रा बढेको बताउँछ ।

नेपाललाई कृषि प्रधान देशको रुपममा चिन्ने गरिएपनि वैज्ञानिक खेतीको अभाव, खेतीयोग्य जमिनको कमी, सिंचाई आदिका कारण उत्पादनमा कमी आएको कृषि मन्त्रालयका कर्मचारीहरु बताउाछन् । खाद्यन्नमा शुन्य प्रतिशत व्यापारघाटा बनाउने सरकारी लक्ष्य पनि छ । तर चामल आयातमा बृद्धि हुँदै जानुले पनि सरकारी लक्ष्य ओझेलमा परेको छ ।

विशेष गरी नेपालमा २०३६ यता नेपालले निरन्तर चामल आयात भएको देखिन्छ । २०३६ देखि २०६८ सालसम्म नेपालको जनसंख्या २८ प्रतिशतले बढेको छ भने धान उत्पादन ३ प्रतिशतले मात्र बढेको थियो र चालु आर्थिक बर्षको ११ महिनामा मात्रै ३१ अर्ब २ करोड ४८ हजार रुपैयाँ बराबरको चामल आयात भएको भन्सार विभागले जनाएको छ ।

सरकार स्वदेशभित्रै रोजगारी र कृषि पेशालाई प्राथमिकता दिन्छ तर हरेक बर्ष प्रमुख खाद्यबाल िभने आयात गर्नृुपर्ने बाध्यता छ । त्यसो त आर्थिक वर्ष २०७५÷०७६ मा ५६ लाख १० हजार मट्रिक टन धान उत्पादन भएको थियो । जहाँ नेपालको कुल माग वार्षिक ६२ लाख मेट्रिकटन छ । तथ्यांकअनुसार नेपालमा अझै ६ लाख मेट्रिकटन धान अपुग छ ।

सरकारले कृषि उत्पादन वृद्धि गर्न प्रधानमन्त्री कृषि जोन कार्यक्रम लागु गरेको छ । तर, यो कार्यक्रममा धान उत्पादनलाई कम महत्व दिइएको कृषि क्षेत्रका विज्ञहरुको गुनासो छ । उनिहरुका अनुसार अहिले मुलुकभर १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये ६५ प्रतिशतमा सिँचाई छैन् । ‘असार १५ सम्म ५० प्रतिशत रोपाई सकिनुपर्ने थियो । तर मनसुन ढिलो भित्रिएकोले १२ प्रतिशत रोपाई भएको छ ।’ कृषि विज्ञ भन्छन्, ‘हरेक बर्ष उत्पादन घट्नुमा मनसुन पनि एक कारण हो ।’