‘आइफा’ अवार्डको खर्च ब्यहोर्ने निर्णयको साझा पार्टीद्वारा विरोध

‘आइफा’ अवार्डको खर्च ब्यहोर्ने निर्णयको साझा पार्टीद्वारा विरोध


एक विदेशी निजी संस्थाको आयोजनामा काठमाडौंमा हुने भनिएको फिल्म अवार्ड समारोह (आइफा) को सम्पूर्ण खर्च नेपाल सरकार आफैंले व्यहोर्ने खबरले साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको सो पार्टीले छ।

कार्यक्रमको लागि ४४ करोड दिने र आगन्तुकहरुको सम्पूर्ण खर्चसमेत सरकारले नै व्यहोर्ने नेपाल सरकारको निर्णय अनुचित र असान्दर्भिक रहेको साझा पार्टीको ठहर रहेको पार्टी प्रवक्ता सूर्यराज आचार्यले जनाएका छन् ।

यसअघि विभिन्न मुलुकमा भएका यही कार्यक्रमको लागि सरकारी तहबाट कुनै प्रकारको आर्थिक सहयोग नरहेको जानकारीमा आएको उल्लेख गर्दै आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ- ‘निजी संस्थाको कार्यक्रमको लागि बिना औचित्य करोडौँ खर्चिने सरकारी निर्णय राज्यकोषको चरम दुरुपयोग भएकोले उक्त निर्णय फिर्ता लिन र नेपाली चलचित्र क्षेत्रको विकासमा केन्द्रित हुन सरकारलाई साझा पार्टी आग्रह गर्दछ।’