बडिमालिका नेपाल महिला रग्बी क्लब च्याम्पियन

बडिमालिका नेपाल महिला रग्बी क्लब च्याम्पियन


धनगढिको बडिमालिका रग्बी क्लब र नेपाल महिला रग्बी क्बल राष्ट्रिय रग्बी च्याम्पियनसिपमा च्याम्पियन बनेका छन् ।

लगनखेलस्थित नेपाल आर्मीको तालिम तथा प्रशिक्षण केन्द्रमा भएको च्याम्पियनसिपमा पुरुषतर्फ बडिमालिका र महिलामा नेपाल रग्बी क्लब च्याम्पियन भएका हुन् ।

पुरुषतर्फको खेलमा बडिमालिकाले फाइनलमा गोर्खाली रग्बी क्लबमाथि १२–१० को स्कोरले हराउँदै उपाधि उचाल्यो । पुरुषतर्फ नै भएको बल च्याम्पियनसिपका लागि भएको प्रतिस्पर्धामा चितवनले सफलता प्राप्त गऱ्यो ।

महिलातर्फ भएको फाइनलमा नेपाल रग्बी क्लबले बडिमालिका रग्बी क्लबलाई २०–५ को स्कोरले स्तब्ध बनाउँदै ट्रफी उचालेको थियो । महिलातर्फ पनि चितवन बल च्याम्पियन भयो । एकदिने प्रतियोगितामा पुरुषतर्फ गोर्खाली रग्बी क्लब र महिलामा बडिमालिका रग्बी क्लब अनुशासित टोली घोषित भए ।

कुल आठ टोली सहभागी भएको प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइएको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, संघका अध्यक्ष टंकलाल घिसिङ र महासचिव चेतनराज गिरीलगायतले पुरस्कृत गरेका थिए ।