सुकोकाई करातेका पदकविजेता सम्मानित

सुकोकाई करातेका पदकविजेता सम्मानित


अस्ट्रेलियाको मेलबर्नमा भएको भीकेएल सुकोकाई खुला कराते च्याम्पियनसीपमा पदक जित्न सफल खेलाडि सिमोन खत्रीलाई नेपाल वादोरियो कराते संघले स्वागत तथा सम्मान गरेको छ ।

जुन १६ तारिखमा भएको प्रतियोगताको पुरुष ७५ केजीमाथि सिमोनले रजत जितेका थिए । फाइनलमा सिमोन अस्ट्रेलियाका खेलाडीसँग चुकेपछि रजतमा सीमित भएका थिए ।

नेपाल कराते महासंघका महासचिव समेत रहेका वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसी, खेलाडी, प्रशिक्षकलगायतले सिमोनलाई खादा लगाई स्वागत गर्नुका साथै सम्मान गरेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा सिमोनको सातौं पदक हो ।