बिग मर्जरको हल्लाले शेयर बजारमा साताभर उथलपुथल

बिग मर्जरको हल्लाले शेयर बजारमा साताभर उथलपुथल


वाणिज्य बैंकहरुबीच बिग मर्जर गराउने हल्लाले यो साता शेयर बजारमा उथलपुथल भएको छ । लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा छन् । जसले गर्दा बजारमा खरिद विक्री कम हुँदा कारोबार रकम घटेको छ ।

यो साता शेयर बजारमा खासै उतारचढाव देखिएन । तर नेप्से परिसूचक ८ अंकले घटेको छ । आर्थिक वर्षको अन्त्य तिरको प्रभाव शेयर बजारमा देखिएको विश्लेषण गर्न थालिएको छ ।

खासगरी आर्थिक वर्षको अन्तिम समय भुक्तानीको समय भएकाले पनि शेयर बजार स्थिर जस्तै रहेको छ । बजारमा विक्रीकर्ता र खरिदकर्ता न्यून देखिए । जसका कारण पाँचैदिन कारोबार रकम पनि न्यून भएको छ । यो साता २ अर्ब ५२ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

पछिल्लो समय मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई जोड दिने बताएपछि शेयर बजारमा त्यसको प्रभाव देखिएको छ । लगानीकर्ताले मौद्रिक नीतिलाई पर्खिरहेका छन् । त्यसैले बजारमा खरिद विक्री न्यून देखिएको छ ।

अर्कोतर्फ बैंक तषा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव हुँदा समेत शेयर बजार प्रभावित भएको छ । कारोबारमा आउने अधिकांश समुहमा गिरावट आउँदा नेप्से दबाबमा परेको देखिन्छ ।