चुकेको निधनमा दुःख व्यक्त

चुकेको निधनमा दुःख व्यक्त


नेपाली काङ्ग्रेसले पार्टीका विकासप्रेमी नेता मुक्तिलाल चुकेको निधनमा दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै पार्टीका पूर्व महासमिति सदस्य तथा भरतपुर नगरपालिकाका संस्थापक नगर प्रमुख चुकेको निधनमा दुःख व्यक्त गरेका हुन् ।

‘युवा अवस्थादेखि चितवनको शिक्षा, स्वास्थ्य, यातायात, धार्मिकस्थल, पर्यटनको विकासका साथै प्रजातन्त्र स्थापनाका लागि आफ्नो क्षेत्रबाट लाग्नु हुने चुके निर्भिक स्वभावका धनी हुनुहुन्थ्यो’, विज्ञप्तिमा भनिएको छ । चुकेले बिपी नगर वन, बिपी कोइरालाको सालिक निर्माण, २०३६ सालको जनमत सङ्ग्रह र २०४२ सालको सत्याग्रह तथा काङ्ग्रेस चितवनको पार्टी कार्यालय भवन निर्माणमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।

चुकेको असामयिक निधनबाट परिवारले मात्र नभइ पार्टी र समाजले कर्मठ समाजसेवी गुमाएको विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाद्वारा दुःख व्यक्त

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा भरतपुर नगरपालिकाका संस्थापक नगर प्रमुख मुक्तिलाल चुकेको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले एक शोक सन्देशमार्फत स्व चुकेले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा पु¥याउनु भएको योगदान पार्टीमा सधैँ स्मरणीय रहने उल्लेख गरेका छन् ।

काङ्गेस नेता चुकेको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको हो । उनको निधनबाट पार्टीले एक कुशल व्यक्तित्व गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको सभापति देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले चुकेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।