सरकारले बेवास्ता गरेको साना तथा घरेलु उद्योगको गुनासो

सरकारले बेवास्ता गरेको साना तथा घरेलु उद्योगको गुनासो


उद्योगी व्यवसायीले सरकारले साना तथा घरेलु उद्योगप्रति चासो नदिएको आरोप लगाएका छन् । उनीहरुले चर्को घरभाडा, कच्चापदार्थमा आयातमा असहज जस्ता समस्याहरु रहेको बताएका छन् । उद्योग दर्तालाई मात्रै प्राथमिकता दिने तर अन्य सुविधा नदिने भन्दै व्यवसायीले उद्योग बन्द गर्ने चेतावनी दिन थालेका छन् ।

नेपालमा हरेक बर्ष साना तथा घरेलु उद्योगको उत्पादन बढ्दो छ । तर यो क्षेत्रलाई सरकारले वेवास्ता गरेकोप्रति उद्योगी व्यवसायी चिन्तित छन् । औद्योगिक बस्तुले बजार नपाउनु, अनुदान, सहुलियत कर्जा, कच्चापदार्थको सहजता, दक्ष कालीगढ र चर्को घरभाडाका कारण यो क्षेत्र धारासायी भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल बताउँछन् । ‘७ वटै प्रदेशमा उद्योग स्थापना गर्ने सरकारी योजना छ ।’ उनले भने, ‘तर उद्योगी भने सरकारले उद्योगीलाई दिने सुविधा सिंहदरबारमै केन्द्रीत गरेको आरोप लगाउँदै आएका छन् ।’

उद्योग विभागको तथ्यांकअनुसार नेपालमा ४ लाख बढि साना तथा घरेलु उद्योग दर्ता छन् । तर अधिकांश उद्योग जीवन मरणको दोसाँधमा छन् । ठूला उद्योगीका कारण सरकारी सुविधाबाट बञ्चित भएको साना उद्योग बचाउन मुश्किल परेको उनिहरुको तर्क छ । घरेलु उद्योगको उत्पादनले विदेशी बस्तुसँग प्रतिष्पर्धा गर्नुपर्ने बाध्यता रहेको अर्का उद्योगी अर्जुन थापाको भनाई छ ।

नेपालका औद्योगिकमध्ये लगभग ९५ प्रतिशत घरेलु उद्योग छन् । नेपाली अर्थतन्त्रमा साना तथा घरेलु उद्योगको योगदान पनि उत्तिकै छ । नेपालमा चिया, कफी, गार्मेन्टस्, जुत्ता चप्पल, च्याङ्ग्रा पश्मिनाको उत्पादन बढि हुने गरेपनि बजारको समस्या रहेको उद्योगीको तर्क छ । तर उद्योग बिभागका निर्देशक प्रेमप्रसाद लुईटेल भने सरकारी कर्मचारी भने उद्योग क्षेत्रलाई तीनै तहको सरकारले उच्च प्राथमिकतामा राखेको दावी गर्छन् ।

उद्योगीलाई कच्चा पद्धार्थ र लगानीको चिन्ता छ भने अर्कोतिर कालीगढको समस्या रहेको गुनासो पछि गर्छन् । नेपालभित्रै २० देखि ६० हजारसम्म कमाउन सकिने भएपनि बैदेशिक रोजगारीको लागि विदेशिने युवाको संख्या दिनप्रतिदिन बढ्दो छ ।