गैँडाको खागसहित तीन जना पक्राउ

गैँडाको खागसहित तीन जना पक्राउ


काठमाडौँको ढल्कुबाट गैँडाको खागसहित तीन जना पक्राउ परेका छन् । आज दिउँसोको समयमा रु ५५ लाखमा खाग बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँ महानगरपालिका– १७ ढल्कुबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेमा गोरखा घर भई ढल्कुमा डेरा गरी बस्ने ५३ वर्षीय लालबहादुर गुरुङ, मकवानपुर गढी गाउँपालिका– २ घर भई धादिङ महादेवबेंशी बस्ने ३३ वर्षीय अष्टबहादुर थिङ र सोही ठाउँका ३४ वर्षीय गोविन्द मोक्तान रहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

महानगरीय प्रहरीवृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा खटिएको प्रहरी टोलीले लालबहादुरको कोठा खानतलासी गर्दा गैँडाको खाग, सेतो सिसाको, पत्थरसमेत बरामद गरेको थियो ।

यस्तै काठमाडौँको गोकर्णेश्वर नगरपालिका– ६ बाट लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउपर्नेमा बाराका राजु लामा र दिनेश चौधरी रहेका छन् । उनीहरुको साथबाट लागुऔषध दर्जनौँ चक्की फेला परेको छ ।