मिस्टर एन्ड मिस मुवाँथाइ चितवनमा हुने

मिस्टर एन्ड मिस मुवाँथाइ चितवनमा हुने


चितवन जिल्ला मुवाँथाइ संघको आयोजनामा मिस्टर एन्ड मिस मुवाँथाइ च्याम्पियनसिप साउन पहिलो साता हुने भएको छ ।

प्रतियोगितामा पुरुष तथा महिलामा समान ५–५ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष उत्तम गुरुङले जनाएका छन् । ३० खेलाडीको सहभागिता रहने बताइएको छ ।

फाइनलमा काठमाडौंमा हुने छ भने त्यसअघिका प्रतिस्पर्धा चितवनको भरतपुरमा खेलाइने आयोजकले जनाएको छ ।