न्यूजील्यान्डलाई नजिते पाकिस्तान विश्वकपबाट बाहिरिने खतरा

न्यूजील्यान्डलाई नजिते पाकिस्तान विश्वकपबाट बाहिरिने खतरा


विश्वकप क्रिकेट २०१९ अन्तर्गत असार १० गते बुधबार पाकिस्तान र न्यूजील्यान्डबीच खेल हुँदैछ । उक्त खेल बर्मिङघमा हुँदैछ । यो विश्वकपको ३३औँ म्याच हो ।

यो विश्वकपमा न्यूजील्यान्ड अपराजित टीम हो । उसले अहिलेसम्म खेलेका खेलमा अपराजित रहँदै ११ अङ्क जोडेको छ । आजको खेल जिते न्यूजील्यान्डले सेमिफाइनलमा स्थान बनाउने छ ।

त्यस्तै पाकिस्तानले अहिलेसम्म खेलेका ६ खेलमा ५ अंक मात्र छ । पाकिस्तानलाई सेमीफाइनलमा पुग्न आजको न्यूजील्यान्ड विरुद्धको खेलसहित अन्य दुई खेल जित्नु पर्नेछ । त्यसैले आजको खेल पाकिस्तानको लागि निकै अहम बनेको छ ।

आजको खेलमा न्युजिल्यान्डले टस जित्दै पहिले ब्याट्रिक गर्ने निर्णय गरेको छ ।