गर्मी बढेपछि त्रियुगाका शैक्षिक संस्था तीन दिन बन्द

गर्मी बढेपछि त्रियुगाका शैक्षिक संस्था तीन दिन बन्द


उदयपुरमा अत्यधिक गर्मी बढेसँगै त्रियुगा नगरपालिका क्षेत्रका शैक्षिक संस्था तीन दिनका लागि बिदा गरिएको छ ।

त्रियुगा नगर कार्यपालिकाको सोमबार बसेको बैठकले अत्यधिक गर्मी बढेको भन्दै भोलि (बुधबार)देखि तीन दिनका लागि शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।

तापक्रम बढेसँगै विद्यालयमै विद्यार्थी बेहोस हुन थालेकाले तीन दिन बिदा दिने निर्णय गरिएको त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरीले जानकारी दिए । असारको पहिलो हप्तादेखि त्रियुगा नगरपालिकाको तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको छ ।