भैरहवा पूर्ण रुपमा बन्द

भैरहवा पूर्ण रुपमा बन्द


  • पुनहरि बेलबासे, रुपन्देही

विप्लव नेतृत्वको नेकपाले गरेको आजको नेपाल बन्दमा भैरहवमा पूर्ण रुपमा बन्द भएको छ । सो पार्टीका कुनै नेता तथा कार्यकर्ताको प्रत्यक्ष उपस्थिति नदेखिए पनि सार्वजनिक यातायात चलेका छैनन् । फाटफुट रुपमा निजी दुईपाङग्रे गाडी र अटो तथा इ-रिक्सा मात्रै सडकमा गुडेका छन् ।

बन्दबाट क्षति नहोस् भन्नका लागि चोक चोकमा सुरक्षाकर्मीहरु खटाइएको छ । हिजो साँझ बन्दकर्ताले मसालजुलुस निकाल्न नसकुन् भनन्ने उद्देश्यले पहिले नै सुरक्षाकर्मी चोकचोकमा खटाइएको थियो ।

बन्दको आह्वानका कारण व्यवसायीहरुले आफ्ना पसलहरु नखोल्ने बताएका छन् । यातायात व्यवसायीले पनि आफ्ना सवारीसधानको सुरक्षा नहुने भन्दै गाडी सञ्चालन नगर्ने बताएका छन् । विद्यालयहरुले पनि विद्यालयमा पठनपाठन नगर्ने जानकारी दिएका छन् ।