अनुगमन समिति गठन

अनुगमन समिति गठन


  • श्याम क्षेत्री, टोकियो

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको क्षेत्रिय समितिहरुको आसन्न अधिवेशन र निर्वाचनसम्बन्धी अनुगमन तथा कार्यविधि २०१९ सहित अनुगमन समिति गठन गरिएको छ ।

अनुगमन समितिको सल्लाहकारमा सम्बन्धित क्षेत्रले एनसिसि जापानको सल्लाहकारमा सिफारिस गरेको सल्लाहकार संख्या १, रासपले चयन गरेको सल्लाहकार संख्या १ गरी २ जना सल्लाहकार रहने छन् भने समितिमा मानार्थ परिषद सदस्यलाई १४ क्षेत्रीय समितिको लागि अनुरोध गरि जिम्मेवारी दिएको छ।

यस पटकदेखि क्षेत्रिय समितिको नयाँ गठन हुने समितिलाई अनुगमन समितिको सिफारिसको आधारमा रासप जापानले मान्यता दिने प्रावधान गरिएको र क्षेत्रिय लेखा परिक्षणको लागि रासप जापानका सदस्यहरुलाई जिम्मेवारी दिएको छ । उनीहरुले लेखापरिक्षण गरेपछि मात्र क्षेत्रिय समितिको अधिवेसनमा आर्थिक प्रतिवेदन स्वीकृतिको लागि पेश हुने ब्यवस्था विधानले गरेको बताइन्छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको क्षेत्रीय समितिहरुको आसन्न अधिवेसन र निर्वाचनसम्बन्धी कार्यविधि २०१९ निम्नबमोजिम हुने बताइएको छ-

१. क्षेत्रीय समितिहरुको निर्वाचनको लागि सम्बन्धित क्षेत्रको कार्यसमितिले १ आयुक्त र २ सदस्यसहित कम्तीमा ३ सदस्यीय निर्वाचन समिति गठन गर्न सकिनेछ।

२. अधिवेशन हुनुभन्दा एक महिनाअघि अधिवेसन र निर्वाचनसम्बन्धी सूचना प्रकाशन गर्नुपर्नेछ।

३. क्षेत्रिय अधिवेशन र निर्वाचनको लागि रासपले एक अनुगमन समिति तयारगर्नेछ, उक्त समितिले सिफारिस गरेको आधारमा क्षेत्रिय समितिलाई रासपको सचिवालयले मान्यता दिनेछ।

४. अनुगमन समितिले आवश्यकताअनुसार माग गरेका विवरण र जानकारी क्षेत्रिय समिति र निर्वाचन समितिले अनुगमन समितिलाई उपलव्ध गराउनु पर्नेछ।

५. क्षेत्रिय समितिको लेखा परीक्षण रासपले खटाएको ब्यक्तिबाट गराई अधिवेसनमा स्विकृतिको लागि पेश गर्नुपर्ने छ।

६. क्षेत्रिय समितिको अधिवेशन जुलाई १० देखि अगस्ट १० तारिखसम्म सम्पन्न गर्ने गरी अधिवेशन आयोजना हुने मिति भन्दा ३० दिन अगाडिसम्ममा सामाजिक संजालमा सुचना सार्वजनिक गर्नुपर्नेछ ।

७. पंजिकृत सदस्य ५०० सम्म भएका क्षेत्रिय कार्यसमितिको संख्या १९ रहने र पंजिकृत सदस्य ५०१ भन्दा ज्यादा भएमा क्षेत्रिय कार्यसमितिको संख्या २३ रहनेछ।

८. एनआरएनए जापानलाई स्वघोषितलगायत विभिन्न शीर्षकमा बुझाउनुपर्ने शुल्क नबुझाएर संस्थाको कालो सूचीमा सूचीकृत व्यक्तिको उमेरदवारी रद्ध हुनेछ।

९. अन्य जानकारी तथा कार्यसम्पादन परिषदको विधान २०१९ अनुसार गर्नु गराउनुहुन अनुरोध गरिन्छ ।

१०. क्षेत्रिय निवाचन र कार्यसमितिको संरचना गैरआवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषदको विधान २००४ को संशोधन सहितको विधान २०१९ को परिच्छेद ६ को दफा १ को उपदफा १.३ बमोजिम रहने छ।

११. निर्वाचन प्रयोजनको लागि निर्वाचन समितिले रासप जापानसंग समन्वय गररी मतदाता नामावली प्रकाशित गर्नेछ।

१२. निर्वाचन समितिले निर्वाचन कार्यविधि तोक्नेछ।

१३. क्षेत्रीय समितिको संयोजक पदमा उम्मेदवार बन्नको लागि क्षेत्र वा रासपको कुनै पनि पदमा रही एक कार्यकाल कार्य सम्पादन गरेको हुनुपर्नेछ।

१४. क्षेत्रीय अधिवेशन तथा निर्वाचनसम्बन्धी कुनै बाधा वा समस्या आएमा रासप जापानसंग समन्वय गरी समाधान निकाल्न सकिनेछ।

१५. क्षेत्रिय निर्वाचन प्रकृया क्षेत्रिय समितिको निर्णय बमोजिम हुनेछ।

गैरआवसीय नेपाली संघ जापानले अनुगमन समिति तपसिल अनुसार क्षेत्रिय समितिको अधिवेसन र निर्वाचन अनुगमन समिति देहायबमोजिम रहनेछ।

१. कान्तो क्षेत्र
सल्लाहकार – शालिक राम भण्डारी, डा. वेद काफ्ले ।
(अरुण कुमार श्रेष्ठ, ददिवल खड्का, लेलिन भट्टचन)

२. क्यूस्यू क्षेत्र
सल्लाहकार – धर्मप्रसाद अधिकारी, नर बहादुर थापा ।
(सुजन जोशी, पुरुषोत्तम सिग्देल, श्री गुरुङ, आशिष रावल)

३. कान्साई क्षेत्र
सल्लाहकार – नरेन्द्र बस्नेत रतुलसी राम खरेल। (आत्मराम गैरे, सागर भण्डारी, टिकाराम कँडेल, हस्त लामा)

४. नागोया क्षेत्र
सल्लाहकार – दिपक घिमिरे, राधा थापा।
(डा. सुदिप अधिकारी, सुमन लिम्वु, बिष्णु प्रसाद घिमिरे, सविता श्रेष्ठ)

५. तोचिगी क्षेत्र
सल्लाहकार – राम थापा, दिपक थापा।
(देविलाल सुवेदी, अर्जुन अधिकारी, इन्दिरा सुज़ुकी, बुद्धि गौचन)

६.सेन्दाई क्षेत्र
सल्लाहकार – तेज़प्रसाद अर्याल, डा. विजय ज्ञवाली।
(महेन्द्र कुमार अधिकारी,सिर्दाथ श्रेष्ठ ,नारायण खड्का०

७. सिजोओका क्षेत्र
सल्लाहकार – नरेश महर्जनरसरोज कडेंल
(यम खत्री, चुडाणि भट्टराई, राजकुमार अधिकारी)

८. निगाता क्षेत्र
सल्लाहकार – नारायण सुवेदी, पासाङ शेर्पा।
(राजन भट्टराई, देवीबहादुर इन्ङाम, सचिन श्रेष्ठ)

९. गुन्मा क्षेत्र
सल्लाहकार – ज्ञानेन्द्र बहादुर पौडेल, मोहन घले।
(सुशील मल्ल, चन्द्र उपाध्याय, सृजना पाण्डे)

१०. होक्काईदो क्षेत्र
सल्लाहकार – राजन गिरी, डिपी कँडेल
(अर्जुन अधिकारी, प्रकाश थापा, महेन्द्र बानियाँ, राजन पौडेल)

११. ओकिनावा क्षेत्र
सल्लाहकार – संजीव श्रेष्ठ, महेन्द्र श्रेष्ठ।
(बाबुराम पौडेल, कृष्ण खनाल, हरि सापकोटा, दीपकप्रसाद कँडेल)

१२. नागानो क्षेत्र
सल्लाहकार – कृष्ण गौचन, बावुराम भण्डारी।
(प्रकाश पौडेल माइला, सन्देश पोखरेल, हरि लामिछाने, संगिता अधिकारी)

१३. हिरोशिमा
सल्लाहकार – मेघनाथ कँडेल, चिरंजीवी थापा।
(लाक्पा गेलु शेर्पा, श्रवण सत्याल, शरद लामिछाने, बालकृष्ण कँडेल)

१४. चिवा क्षेत्र
सल्लाहकार – विजय थकाली, जिज्ञानकुमार थापा।
(वेलुकाजी थापा, सुरेश केसी, विकास श्रेष्ठ, अनिल थापा)

यस अभियानलाई सफल बनाउन सहयोगको लागि अध्यक्ष टाशी वाङ्दी लामाले जापानवासी नेपालीहरुलाई अपिल गरेका छन् ।