राष्ट्रिय तेक्वान्दोमा प्रदेश ३ विजयी

राष्ट्रिय तेक्वान्दोमा प्रदेश ३ विजयी


नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले आयोजना गरेको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आयोजक प्रदेश नै विजयी बनेको छ । उपाधि जित्ने क्रममा आयोजक टोलीले ८ स्वर्ण, ५ रजत र ७ काश्य पदक जितेको हो ।

यसैगरी ५ स्वर्ण, ६ रतज र ३ काश्य पदकसहित दुई नम्बर प्रदेश दोश्रो भयो । सुदुरपश्चिम प्रदेश तीन स्वर्ण, चार रजत तथा चार काश्य सहित तेश्रो भयो । यसैगरी, पुरुष तर्फ दुइ नम्बर प्रदेशका विक्रान्त डंगोल तथा महिला तर्फ तीन नम्बर प्रदेशकी सुस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि प्रहरी आइजीपी सर्वेन्द्र खनालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । यो प्रतियोगिताले नेपाली तेक्वान्दोलाई तल्लो तहसम्म विकास गर्न सहयोग गर्ने विश्वास रहेको आयोजक कमिटीका प्रमुख केशव पुरीले बताए ।